अंक ३९४ भूकम्पपछि पहिरो

भूकम्पपछि कालीगण्डकीमा गएको सुख्खा पहिरोले यसपाली बाढी पहिरोको जोखिम बढ्ने जनाउ दिएको छ। बाढि पहिरोको पूर्वानुमान र नागरिकको सुरक्षाका लागि सरकारी तयारी कस्तो छ? भूकम्पपछि पहिरोको जोखिम कसरि कम गर्न सकिन्छ? गृह मन्त्रालयका सहसचिव रामेश्वर दंगाल, जलवायु तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्मा, भू-तथा जलाधार संरक्षण विभागका महानिर्देशक पेमनारायण कँडेल र भूगर्भविद् प्राध्यापक मेघराज धितालसंग सहभागीहरुको बहस ।