अंक ३९१ भुकम्पपछिका सहयोगी हातहरु

यो विपदको बेला विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फिरेका छन् । शहरमा बस्नेहरु गाउँ छिरेका छन् । गाउँमै बस्नेहरु पनि एकअर्कालाई विभिन्न किसिमले सरसहयोग गरिरहेका छन् । के नेपाली, के विदेशी, सबै भुकम्पबाट प्रभावित भएकाहरुलाई सरसहयोग गर्न जुटेका छन् । यिनै सहयोगीहरुलाई गोरखा, रसुवा र सिन्धुपाल्चोकमा भेटेर आजको साझा सवाल तयार गरिएको छ । कार्यक्रमको दोस्रो खण्डमा हामीले प्रमुख राजनीतिक दलहरुका शीर्ष नेता र संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधीको विचार पनि समेटेका छौं ।