अंक २३७ जेठ १४
जेठ १४ गते अपरान्हसम्म साझा सवालको यो कार्यक्रम तयार गर्दासम्म दलहरु अझै अन्तिम सौदाबाजीमै थिए । त्यतिखेरसम्मको अवस्थालाइ हेर्दा संविधानसभाले नयाँ संविधान जारी गर्छ या बिघटन हुन्छ कसैले भन्न सक्ने अवस्था थिएन । कुनै पनि खालको संविधान जारी भएको अवस्था वा संविधान नै बन्न नसकेको अवस्थामा दलहरुको तयारी के छ भनेर हामीले प्रमुख राजनीतिक दलका नेताहरूसँग कुराकानी गरेका थियौं । हामीले कुराकानी गरेका नेताहरूमा एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ र मोहन बैद्य, कांग्रेस नेता डा. रामशरण महत, एमाले नेता ईश्वर पोखरेल, मधेशी मोर्चाका नेता राजकिशोर यादव छन् । त्यसैगरी, कार्यक्रमको अन्त्यमा हामीले निर्वाचित सभासदहरु – एनेकपा माओवादी गोरखाका अमर तमु, नेपली काङग्रेस काठमाडौंका सुप्रभा घिमिरे र नेकपा एमाले कास्कीका रबिन्द्र अधिकारीसँग पनि संक्षिप्त कुराकानी गरेका छौं । कार्यक्रमको बीचमा दलहरूको अडानका कारण आज संविधान आएन भने कस्तो संवैधानिक जटिलता आउँछ र संभावित बाधा फुकाउने उपाय के हुन सक्ला? पूर्व प्रधानन्यायाधीश तथा ०४७ सालको संविधान सुझाव आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायसंग कुराकानी गरेका छौं ।