अंक २०४ नेपाली साहित्य
केही साता पूर्व राजधानीमा दुई वटा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन भए। धेरै नेपाली साहित्यकार र केही अन्तराष्ट्रिय साहित्यकारहरु भेला भएको दुबै सम्मेलनमा सहभागीहरुको संख्या भने उल्लेख्य रह्यो। के नेपालीहरुमा पढ्ने संस्कृति बढ्दै गएको हो ? हो भने, नेपालका पाठकले कस्ता किताब पढिरहेका छन् — राजनीति, सहित्य, विश्वमामिला वा अरु केही ?
केही लेखकहरु आजभोली लेखेरै पनि जिविकोपार्जन गर्न सकिने बताउँछन। यसको सोझो अर्थ हो विस्तारै भए पनि पुस्तक पढ्ने वानीको विकास । साथै विविध विधाका पुस्तक प्रकाशन हुने चलन पनि बढ्दो छ। तर के नेपाली पाठकको अपेक्षा नेपाली लेखक र प्रकाशकहरुले पुरा गर्न सफल भएका छन् ? त्यस्ता पुस्तकहरुमा नेपालीको जीवनशैलीलाई लेखकहरुले उतारेका छन त ? नेपालमा पठन संस्कृतिको स्थितिका ’boutमा यो साझा सवालमा हामीसँग तीन जना लेखकहरु हुनुहुन्छ, खगेन्द्र सँग्रौला, शारदा शर्मा र प्रत्युष वन्त।