अंक १९० कृषि उत्पादकत्व
गएको असार १५ गते सरकारले धान दिवस मनायो । यो बर्ष बेलैमा मनसुनी बर्षा शुरु भएकाले देशका खोला खेतहरु र तराईका कतिपय फाँटहरुमा रोपाइँ शुरु भइसकेको छ । धान नेपालीहरुको मुख्य खाद्य बाली हो । किसानहरुले खेतमा रोपाइँ गरेर प्रशस्त उब्जनी गरेपनि गएको बर्षको मात्र तथ्यांकलाई हेर्ने हो भने मात्र पनि झण्डै डेढ अर्ब बराबरको चामल नेपालले आयात गरेको छ । ७० प्रतिशतभन्दा धेरै जनता कृषक रहेको देशमा आफैलाई पुग्ने गरी खाद्यान्न किन उत्पादन हुँदैन? के नेपाल खानेकुरामा आत्मनिर्भर हुन सक्दैन?
चितवनमा रहेको रामपुर कृषि क्याम्पसमा तयार गरिएको यो साझा सवालको छलफलमा कृषि तथा सहकारी मन्त्रालयका सहसचिव डा. हरि दाहाल, दिगो खेती प्रणालीका अनुसन्धानकर्ता डा. कृष्ण पौडेल र रामपुर कृषि क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. शारदा थपलिया हुनुहुन्छ ।