दीपक भट्टराई

Editor

Dipak-smilesमेरो नाम दीपक भट्टराई हो। जन्म वि. स. २०३२ साल असोज, नवलपरासी जिल्ला, डेढगाउँमा भएको हो। २०४८ सालमा एसएलसी परीक्षा पनि मैले नवलपरासीको देवचुली माध्यमिक विद्यालय, रजहरबाट दिएको हुँ। त्यसपछि काठमाडौं आएर त्रिभुवन विश्व विद्यालयको रत्न राज्य लक्ष्मी क्याम्पसबाट आइ ए, बि ए र एम ए पत्रकारिता तथा आमसञ्चारलाई मुख्य विषय बनाएर अध्ययन गरें।सक्रिय पत्रकारिता गर्न थालेको १५ वर्ष भन्दा धेरै भयो। स्पेसटाइम भन्ने दैनिक पत्रिकामा दुई वर्ष, कान्तिपुर टिभीमा ६ वर्ष, दैनिकी अनलाइन र नागरिक पत्रिका तथा त्यसको अनलाइन प्रकाशन नागरिकन्यूज अनलाइनमा डेढ वर्ष जति काम गरेपछि २०६६ सालदेखि बीबीसी मिडिया एक्सनसँग आवद्ध छु। ‘साझा सवाल’मा चार वर्ष सिनियर प्रोड्युसर भएपछि अहिले सम्पादक को जिम्मेवारीमा छु। मेरो रुचि हिमाली जनजीवन र पर्यटनमा छ । श्रीमती र दुई छोरीका साथ काठमाडौंको बसुन्धारामा बस्छु।