अंक ३७८ ग्याँसको अभाव

महिनौंदेखि खाना पकाउने ग्याँसको अभाव नेपाली उपभोक्ताहरुले खेपिरहेका छन् । भारतबाट भित्रिने गरेको ग्याँस कम आपुर्ति भएको र जाडो महिना लागेपछि ग्याँसको माग बढेकोले ग्याँसको अभाव भएको व्यवसायीहरुले बताउने गरेका छन् । आफूसँग भएको ग्याँस समाप्त भएपछि चाउचाउ वा दही चिउरा खान बाध्य हुनुपरेका थुप्रै उदाहरणहरु छन् । यसबाहेक समय समयमा हुने गरेको डिजेल, पेट्रोल, मट्टितेलको अभावले पनि उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् । हातमा पैसा बोकेर आएपछि सरक्कै इन्धन पाउने दिन कहिले आउला? साझा सवालको यो अंकमा हामीले बर्सेनी खेप्नुपरेको ग्याँसको अभाव र यसको समाधानका ’boutमा बहस गर्दैछौं । बहसमा हामीसँग नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे, संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समन्वय समितिका सदस्य तथा सभासद महालक्ष्मी उपाध्याय (डिना), नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरे र कलाकार कुञ्जना घिमिरे हुनुहुन्छ ।