अंक २७६ के नयाँ सरकारले चुनाव गराउन सक्ला ?
धेरैले भन्ने गर्छन चुनाव हुन सक्यो भने अहिलेको राजनीतिले निकास पाउने छ र न्यायपालिका प्रमुखको नेतृत्वमा चुनावी सरकार गठन गर्न मुख्य राजनीतिक शक्तिहरु लागिरहेका छन् । अब बन्ने कुनै पनि सरकारले साँच्चै चुनाव गराउन सक्ला? नयाँ सरकार र नयाँ चुनावका ’boutमा छलफल गर्न करिब ५० जना सहभागीको बीचमा हामीसँग एनेकपा माओवादीका नेता खिमलाल देवकोटा, निर्वाचन आयोगमा लामो समय काम गरेका पूर्व गृहसचिव सुशिलजंग राणा र नेपाल बार एसोसियसनका महासचिव सुनिल कुमार पोखरेल हुनुहुन्छ ।