अंक २६१ सरकार र विपक्षीको मतभेद
सत्तारुढ दलहरु जसरी पनि पूर्ण बजेट ल्याउने पक्षमा देखिन्छन् भने सत्ता बाहिरका दलहरु त्यसलाई अस्वीकार गर्दै सरकार ढाल्न आन्दोलनका कार्यक्रम घोषणा गरिरहेका छन् । जनताले चाहिँ कसलाई साथ देलान् त सरकारको कदमलाई कि प्रतिपक्षको आन्दोलनलाई ? पूर्ण बजेट, फेरि संविधानसभाको चुनाव र सहमतिको सरकार भन्न कुनै दलले छोडेका छैनन्। तर सरकारको नेतृत्व कसले गर्ने भन्नेमा मिल्न नसकेका दलहरुले अब चाहिँ के गर्लान् ? आजको साझा सवालको बहसमा एकिकृत नेकपा माओवादीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटी, नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरे र नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे हुनुहुन्छ ।