अंक २३२ कस्तो संघीयता ?

सेना समायोजनपाछि दलहरु संविधान निर्माणमा केन्द्रित भएका छन । संविधान निर्माणभित्र पनि संघीयता सबैभन्दा पेचिलो मुद्दा बनेको छ। नेपालले कतिवटा प्रदेश धान्न सक्छ? ती प्रदेशहरु कसरी सक्षम हुन सक्छन त? नेपालको भावी संघीय प्रदेशहरु कसरी सक्षम हुन सक्छन् भन्ने विषयको आजको साझा सवालको बहसमा हामीसँग संघीय मामिला सम्वन्धी मन्त्री तथा माओवादी नेता गोपाल किराँती र राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल हुनुहुन्छ ।