अंक १९१ ब्रिटिस गोर्खा

ब्रिटिस गोर्खा आर्मीमा ४ बर्षभन्दा लामो अवधी काम गरेका नेपालीलाई बेलायतमै बस्न दिने बेलायतको एउटा अदालतको निर्णयपछि बेलायतको संसद भवनले त्यसका लागि आवश्यक कानून बनायो । त्यसपछिको अवधीमा १० हजार पूर्व गोर्खा सैनिक र तिनका अरु बाँकी हजारौं परिवारका सदस्यहरु बेलायत आएर बसोबास गरिसकेका छन् । साथै, बाँकी कति पूर्व गोर्खा सैनिकहरु बेलायत आएर बसोबास गर्ने तयारीमा पनि छन् । यहाँ आएर बसोबास गरेका गोर्खा सैनिकहरुको अवस्था के छ त? उनीहरुको खास समस्या के छ, सजिलो के छ? आजको साझा सवाल हामी धेरै पूर्व गोर्खा सैनिकहरु बसोबास गर्ने लण्डननजिकैको एउटा शहरमा तयार गरेका छौं ।

Leave a Reply