अंक १७४ जलवायु परिवर्तन
जलवायु परिवर्तनसँग कसरी अनुकुलन हुने
पानीको मुहान सुक्ने क्रम बढेको छ। हिमालमा पहिला भन्दा हिउँ कम भएर कालो पहाड देखिन थालेको छ। ढिलो गरी मनसुन सुरु हुने तथा कहिलेकाहीँ बेमौसममै अत्याधिक वर्षाले बाढी पैह्रोको प्रकोप पनि बढ्दो छ। विभिन्न भागमा खडेरी परेको र अन्न उत्पादनमा कमी भएको समाचार पनि आइरहेका छन्।
मान्छेकै गतिविधिका कारण जलवायु परिवर्तले यस्ता समस्या आएको विशेषज्ञहरु बताउँछन्। यस्ता समस्यासँग जुध्न नेपालका कतिपय स्थानमा गाउँलेहरु मिलेर केही नयाँ उपायहरु अपनाउन पनि थालेका छन्।
साझा सवालको १७४ औं अंकमा जलवायु परिवर्तनका अनुसन्धानकर्ता डा दिनेशराज भुजु र त्रिभुवन विश्वविद्यालय रामपुर कृषि क्याम्पसका सह प्राध्यापक खेमराज दाहाल हुनुहुन्छ। भुजु नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको विज्ञान सकाय प्रमुख हुनुहुन्छ भने दाहालले जलवायु परिवर्तनले खेती बालीमा पार्ने असर ’bout अनुसन्धान गर्नुभएको छ।
कार्यक्रमका नियमित प्रस्तोता नारायण श्रेष्ठ केही दिन बिदामा बसेकाले दीपक भट्टराईले यो कार्यक्रम सञ्चालन गर्नुभएको छ।