अंक २२८ सरकारी कर्मचारी सरुवा

जव जव सरकारी कर्मचारी सरुवाको प्रसंग चल्छ, आम्दानी हुने ठाउँमा सरुवा मिलेन भन्ने गुनासो पनि प्रशस्तै सुन्न पाइन्छ । निजामती प्रशासनभित्र पनि कुनै ठाउँ प्रशस्त आम्दानी हुने र कुनै आम्दानी नै नहुने सुख्खा हुँदो रहेछ भन्ने कर्मचारीहरुकै भनाईले देखाउँछ । कर्मचारी सरुवामा कुरा नमिल्दा मन्त्री र सचिवबीच भनाभन, भनेको ठाउँमा सरुवा नपाउँदा कर्मचारीहरुले नै सरकारी कार्यालायमा कम ठप्प गरेको जस्ता समाचारहरु आजभोलि प्रशस्तै आउँछन् । कर्मचारी सरुवामा पैसाको लेनदेन र कर्मचारी युनियनहरुको दवावको प्रसंग पनि प्रशस्तै सुन्न पाइन्छ । कस्तो दवाव हुन्छ त कर्मचारी युनियनहरुको? साँच्चै सरुवामा पैसाको लेनदेन हुन्छ? अनि यदि मिल्ने हो भने नेपालका कर्मचारीहरु कुन ठाउँमा सरुवा हुन वा पदस्थापन भइरहन चाहन्छन त? साझा सवालमा यो विषयमा छलफल गर्न हामीसँग हुनुहुन्छ पूर्व सामान्य प्रशासन मन्त्री तथा एमाले नेता युवराज कार्की, पूर्व गृहसचिव उमेश मैनाली र कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापा ।