अंक २०२ प्रकोपको पूर्वतयारी

गएको असोज १ गते नेपाल र सिक्किमको सिमाक्षेत्रमा गएको भुइँचालो बुढापाकाहरुले सम्झने १९९० सालको भुइँचालोपछिको ठुलो भुइँचालो थियो। त्यति क्षमताको भुइँचालो गयो भने निकै क्षति पुर्यारउँछ भनेर बिज्ञहरुले अनुमान गरे जस्तो बिध्वंसकारी चाँही भएन त्यो भुइँचालो। तर पनि यसले पुर्या एको क्षतिलाई कम आँक्न भने मिल्दैन। यसपटकको भुइँचालोबाट के पाठ सिक्न सकिन्छ ?

भुइँचालोजस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना हुँदैन। तर पूर्व सावधानी र प्रकोपपछिको व्यवस्थापनले त्यसबाट हुने क्षति भने पक्कै कम गर्न सकिन्छ। आईतबार साँझको भुकम्पमा परि नेपालमा केहिको ज्यान गयो भने देशभरि सयौं घर भत्केका छन्, त्यसबाट भएको क्षतिको विवरण आउने क्रम जारी नै छ। भुइँचालो लगायत प्राकृति बिपद्का बेला हुन सक्ने जनधनको क्षति कम गर्न नेपाल सरकारसंग के तयारी छ ? आज हामी साझा सवालमा भुइँचालोको प्रभाव, त्यसपछिको व्यवस्थापन र दिर्घकालिन योजनाका ’boutमा छलफल गर्दैछौं। छलफलमा हामीसँग हुनुहुन्छ: गृहमन्त्रालयका सहसचिव शंकर प्रसाद कोइराला, सहरी विकास तथा भवन निर्माण विभागका प्रमुख डा. महेन्द्र सुब्बा र भूगर्भविद् आमोदमणि दिक्षित।

Leave a Reply