अंक १९८ संविधानसभाको म्याद थप

दुई पटक गरी संविधान सभाको म्याद १५ महिना थपिए पनि यस अवधिमा संविधान बनेन। संविधान निर्माणका लागि सहमतीय सरकार चाहिन्छ भने पनि बहुमतीय सरकार बन्न र ढाल्न मै समय खर्च भयो। सर्वोच्च अदालतले संविधान सभाको म्याद २ वर्ष मात्र भएको र त्यसभन्दा बढी समय थप्न परे विशेष परिस्थितिमा जम्मा ६ महिना मात्र थप्न सकिने व्याख्या गर्यो। यही बेला संविधान सभाको म्याद ३ महिना थप्न सरकारले प्रस्ताव गरेको छ।
संविधानसभा भित्रकै केही दल ३ महिनाले समय नपुग्ने; ६ महिना वा ९ महिना थप्नु पर्ने तर्क गर्दै छन् तर आलोचकहरु नयाँ चुनावमा जाने वा विज्ञ टोलीलाई नयाँ संविधान बनाउन दिनुको विकल्प नभएको धारणा राख्छन। संविधान सभाको म्याद थपेमा कति समय थप्ने वा नथपेमा के गर्ने ? आज हामी यो विषयमा बहस गर्दै छौं ।छलफलका लागि हामीसंग हुनुहुन्छ: एकीकृत नेकपा माओवादीका सभासद् तथा अधिवक्ता खिमलाल देवकोटा र संविधानसभाको म्याद थप्न हुन्न भनेर वकालत गर्दै आउनुभएका संवैधानिक कानूनका ज्ञाता भिमार्जुन आचार्य ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ