अंक ४७५ युवा नेता

राजनीतिक दलका युवा नेताहरु तिनकै वरिष्ठ नेताका पछुवा मात्रै हुन् कि उनीहरुसँग विकास र समृद्धीको योजना पनि छ ?
नेकपा एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य देवी खड्का र तराई मधेश सद्भावना पार्टीका उपाध्यक्ष रानी शर्मा तिवारीसँग युवा सहभागीको बहस ।

One thought on “अंक ४७५ युवा नेता

  • जनवरी 11, 2017 at 12:44 अपराह्न
    Permalink

    नमस्कार,

    म रवि राज प्याकुरेल, क्यानाडा

    प्रश्न हरु;
    1, रानी जी युवा नेता भन्नु हुन्छ, बिदेशियका नेपाली हरुको भोट को लागि मत पेटिका लेर नेपाली हरु भयको ठाउँ जाने जस्तो कुरा गर्नु भो, के येही होला र युवा नेता ले सोच्ने तरिका? बिज्ञान / प्रबधि छैन होला र? अन लाइन गर्छन क्यार अरु अरु देश का ले त, विद्या जी हजुर ले येसरी सुसुजित गर्ने कि..
    2, प्रदीप जी युवा नेता, आफ्नो बिहे गर्न लाइ आफ्नो दाइ ले विदेश बाट पैसा पठाउनु पर्छ, बुवा ले बनाइदिनु भाको घर मा बस्नु हुन्छ, उहा ले चै के गर्नु भयो त? कतै दाइ संगै विदेश जान को दुख ले राजनीति त गर्दै हुनु हुन्न? अनी उहा भन्दै पनि हुनु हुन्छ बिदेशियाका युवा लाइ Nepal मै रोजगारी सिर्जना गरेर फिर्ता बोलाउने, सबै भन्दा पैला दाइ लाइ फिर्ता बोलायर पूर्ण परिवार संगै बसेर अनी गुफ् दिने कि? आखिर अब बिहे जो भै सक्यो….
    3, रबीन्द जी, स्वभाव ले नै नेपाली नेता हरु लाइ बहस गर्न कसले जित्छ र, उहा आफु धेरै पारदर्शी भन्नु हुन्छ, अरु हरु संग तुलना गर्दा सायद हुन पनि सक्ला, येति बुझेको जानेको मान्छे को मैले के के प्लान लागे, पार्टी ले कुन कुन अनुमोदन गर्यो, र अनुमोदन गरेका प्लान हरु को विवरण दिदा अलि राम्रो हुन्थ्यो कि,साएद यो सबै नेता लाइ लागु गर्दा परिणाम मुखी देखिन्थ्यो कि.
    4, सबैलाई, बरु एक्लै हिडा तर गलत मान्छे साथि को संगत न गर भंचन, निस्वार्थ काम गर्ने सोच हो भने र आफै बाट सुरु गर्दा राम्रो हुन्थ्यो कि.

    विद्या जी लाइ अनुरोध;
    म अलि समय देखि विदेश मा बस्ने मान्छे मैले कहिले पनि साझा सवाल को कार्यक्रम मा उपस्थिति हुने अवसर पायको छैन, तर मैले आज सम्म कुनै पनि भाग छोडेको छैन, मलाई के लाग्छ भने हामी संग जम्मा ४५/४८ मिनेट समय हुन्छ, तेस्मा पनि नेता गण हरु बहस मा उत्रिनु हुन्छ अनी खास प्रस्न को उत्तर ८/१० प्रतिशत ले भने देको अनुभव भयन, तेसैले प्रश्न कर्ताको प्रश्न हजुर ले बुझ्ने, हजुर ले बुझेको जस्तो हो होईन तेस्लाई फेरी चेक गराउने अनी सिधा जवाफ माग्दा अझ परिणाम मुखी हुन्थ्यो कि?

    धन्यबाद

    Reply

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ