साझा सवाल अहिलेलाई विश्राम
साझा सवाललाई दश वर्षसम्म मन पराइदिनुभएकोमा स्रोता/दर्शकलाई धेरै धेरै धन्यवाद । हरेक आइतवार प्रसारण हुने यो बहस कार्यक्रम बीबीसी नेपाली सेवा, कान्तिपुर टेलिभिजन, केही केबल टेलिभिजनहरु, ३ सय ५० भन्दा बढि एफएम रेडियो, साझा सवालको युट्युब च्यानलसहितका सामाजिक सञ्जालमा एकसाथ प्रसारण हुँदै आएको यहाँहरुलाई थाहै छ ।
यो एक दशकमा साझा सवालको यात्रा देशका सबै जिल्लामा पुग्यो । कार्यक्रमलाई सर्वसाधारणको प्रश्न, आशा, अपेक्षा, दु:ख, सुख, आक्रोश, विचार व्यक्त गर्ने साझा चौतारी बनाउने प्रयास हामीले गर्यौं । कार्यक्रमका ५ सय २९ मध्ये सबैजसो श्रृङ्खलामा जिम्मेवार ओहोदामा रहेका अधिकारीहरुसँग सर्वसाधारणको प्रश्नको जवाफ लिने प्रयास भइ नै रह्यो ।
दश वर्षसम्म हप्तैपिच्छे यहाँहरु समक्ष पुग्ने हाम्रो यात्राबाट अहिलेलाई हामी विश्राम लिदैछौं । तपाईँहरुले एक दशकसम्म दिनुभएको माया र भरोसालाई सम्मान गर्दै हामी कार्यक्रमका केही अंश वा औपचारिक/अनौपचारिक सम्झनाहरु लिएर यदाकदा सामाजिक सञ्जालमा आइरहनेछौं ।
तपाइँहरुको आलोचना, प्रोत्साहन, सुझावले नै हाम्रो नयाँ यात्राको स्वरुप निर्धारण गर्न मद्दत पुर्याउनेछ । त्यसैले प्रतिक्रया दिइराख्नुस् हैं ।