परिचय र सामान्य शर्तहरू
तपाईंले बीबीसीका सेवाहरूको प्रयोग गर्नुहुंदा तपाईं र तपाईंको परिवारको नीजि जानकारीहरूको सुरक्षा गर्न बीबीसी प्रतिबद्ध छ।
तपाईंलाई बीबीसीको पूर्ण सेवा उपलब्ध गराउनका लागि कहिलेकाहीं हामीलाई तपाईंको ’bout जानकारीहरू जुटाउन आवश्यक हुन्छ।
तपाईंले त्यस्तो जानकारी दिनुहुंदा त्यसको प्रयोग संयुक्त अधिराज्यको व्यक्तिगत सूचनाको सूरक्षासंग सम्बन्धित कानून बमोजिम गर्नका लागि हामी कानूनी रूपमा बाध्य छौं। त्यसमा सन् १९९८ को डाटा प्रोटेक्शन ऐन पनि पर्दछ।
यी वेवसाइटहरूमा तेस्रो पक्षको स्वामित्व रहेको र तीद्वारा संचालित वेवसाइटहरूको हाइपरलिंकहरु पनि छन्। बाहिरी वेवसाइटहरूको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन। ती वेवसाइटहरूको प्रयोग तपाईंले आफ्नै जिम्मेवारीमा गर्नुपर्छ।
मेरो ’bout बीबीसीले के कस्तो जानकारी संकलन गर्छ?
जब तपाईं बीबीसीको कुनै कार्यक्रम सहभागी हुन वा न्यूजलेटर, प्रतियोगीता, लाइभ च्याट र मेसेज बोर्ड जस्ता बीबीसीको वेबसाइटमा उपलब्ध सेवा लिन चाहनुहुन्छ त्यतिबेला हामी तपाईंको व्यक्तिगत जानकारीहरू माग्न सक्छौं। त्यस्ता जानकारीमा तपाईंको नाम,इमेल ठेगाना, पत्राचारको ठेगाना, टेलिफोन वा मोबाइल नम्बर र जन्म मिति इत्यादि पर्दछन्।
भनिएको स्थानमा आफ्नो ’boutमा जानकारी भरेर तपाईंले बीबीसी र यसका सेवा प्रदायकहरूलाई आफूलाई चाहिए अनुसारको सेवा प्रदान गर्न सहयोग गर्नुहुनेछ।
बीबीसीले कुकीहरू पनि प्रयोग गर्छ। कुकी भनेको डेटाको सानो मात्रा हो जस्मा तपाईंको अनलाई चयनका ’bout जानकारी रेकर्ड भएको हुन्छ र त्यसबाट हामीलाई हाम्रो वेवसाइट तपाईंको चाहना अनुसार बनाउन सहयोग पुग्दछ।
त्यसरी नै हामी IP Address पनि संकलन गर्छौं। IP Address भनेको त्यस्तो अंक हो जस्ले इन्टरनेटमा जोडिएको कम्प्युटर वा नेटवर्क यन्त्रलाई विशिष्ट रूपमा पहिचान गर्न सक्छ।
तपाईंको प्रयोगको अनुभवलाई राम्रो तुल्याउने उद्देश्यले IP Address र कुकीहरू हेर्न हामी एकप्रकारको विश्लेषक सफ्टवेयरको प्रयोग गर्छौं।
हामी तपाईंको IP Address को प्रयोग तपाईंले संयुक्त अधिराज्य भित्र वा बाहिर कहाँबाट हाम्रो सेवा लिइरहनु भएको छ भन्ने यकिन गर्न पनि गर्छौं।
यदि तपाईं १६ बर्ष वा त्यो भन्दा कम उमेरको हुनुहुन्छ भने बीबीसीको वेवसाइटहरूमा आफ्नो नीजि जानकारीहरु दिंदा आफ्नो अभिभावक अनुमति पहिले लिनुहोला। त्यस्तो स्वीकृति नलिएका प्रयोगकर्ताहरूले बीबीसीलाई आफ्नो निजी जानकारीहरू दिन पाउंदैनन्।
बीबीसीले मेरो ’boutमा संकलन गरेको जानकारीको प्रयोग कसरी गर्छ?
“सेवा प्रशासनिक प्रयोजन” लगायत विभिन्न कारणका लागि मात्र बीबीसीले तपाईंको व्यक्तिगत जानकारीहरूको प्रयोग गर्छ। बीबीसीले तपाईंले लिन चाहनुभएको सेवाका सम्बन्धमा तपाईंलाई सम्पर्क पनि गर्न सक्छ।
कानूनी रूपमा आवश्यक परेको वा अनुमति भएको खण्डमा बाहेक हामी तपाईंको जानकारीहरू गोप्य राख्नेछौं।
यदि तपाईंले गाली गलौज, अनुपयुक्त वा निषेध गर्नुपर्ने सामग्रीहरू bbc.co.uk मा वा अन्यत्र पठाउनुभयो भने अथवा bbc.co.uk मा कुनै पनि ध्वंशात्मक कार्य गर्नुभयो भने, बीबीसीले तपाईंको निजी जानकारीहरूको प्रयोग त्यस्ता कार्यलाई रोक्नका लागि गर्न सक्नेछ।
बीबीसीले मेरो जानकारी कति समयसम्म राख्नेछ?
हामि सम्बन्धित सेवाका लागि आवश्यक परेको समयसम्म तपाईंको व्यक्तिगत जानकारीहरू राख्नेयछौं। बीबीसीको वेवसाइटमा तपाईंले सामग्रीहरू पठाउनुभएको छ भने त्यस्तो सेवाको उद्देश्यका लागि आवश्यक परेको अवस्थासम्म सामान्यतया त्यसलाई राखिनेछ।
बीबीसीको गोपनीयता सम्बन्धि पूर्ण र ताजा नीतिहरूका लागि कृपया बीबीसीको अंग्रेजी भाषाको मुख्य वेबसाइटमा http://www.bbc.co.uk/privacy जानुहोला।