साझा सवाल
साझा सवाल रेडियो र टेलिभिजनको माध्यमबाट प्रसारण भइरहेको साप्ताहिक बहसको कार्यक्रम हो। साझा सवाल मार्फत जनताले नेता, नीति निर्माता र विश्लेषकहरुलाई सोझै प्रश्न गर्न सक्छन्।
हरेक आइतबार राति ९ बजे कान्तिपुर टेलिभिजन र देशभरका २५० भन्दा बढी एफएम स्टेशनबाट एकसाथ प्रसारण हुन्छ । नेपालको विविधतालाई समेट्नका लागि साझा सवाल टिमले देशका विभिन्न स्थानहरूमा पुगी कार्यक्रम रेकर्ड गर्दछ।